काठमाडौं, असोज २३ – भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा आएको छ । बेन्तो भाटभटेनी सुपरमार्केटमा बिक्री पाइने छ ।
आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न प्रकारका रहेका छन् । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।
जापानीखाद्य संंस्कृतिको चिनारी गर्दै आफ्ना ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्ने जारी विज्ञप्तिमा उल्लेख छ । भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेको र बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्ससमेत रहेको छ ।
‘बेन्तो’ एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको र बाहिर बोकेर जानमिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्रायभात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।
हामी होक्काइडो रामेन हाउसको मूल उद्देश्य भनेको नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु हो । यसैले हामीले जापानको होक्का इडोको धेरै ठाउँमा ‘विस्तारै बिस्तारै’ भन्ने नेपाली रेष्टुँरा चलाइरहेको छौं । यसै सिलसिलामा हामी जापानको ‘बेन्तो’ संस्कृति नेपालमा हुल्ने प्रयास गरिरहेको छौं । हामीलाई लाग्छ बेन्तो संस्कृति आजको नेपालको लागि समय सान्दर्भिक छ ।
शहरी जीवनमा धेरै व्यस्त हुन थालिसकेका छौ । स्वास्थ्यप्रति धेरै सचेत भइसकेको र विदेशी परिकार विशेषतःजापानी परिकार प्रति आकर्षित भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS