काठमाडौँ, आश्विन २५ – बर्दियामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा ७९ जना र बागेश्वरी प्रयोगशाला नेपालगंजमा गरिएको परिक्षणमा १ जना गरी बर्दियाका थप ८० जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार साँझ ७ बजे आएको परीक्षण रिपोर्ट अनुसार बर्दियाको गुलरियामा थप ५ जना, मधुवन नगरपालिकामा ५० जना, बारबर्दिया नगरपालिकामा २२ जना, राजापुर नगरपालिकामा १ जना र बढैयाताल गाँउपालिकामा १ जना गरी ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
FACEBOOK COMMENTS