काठमाडौं, कात्तिक २५ – पूर्वसञ्चार सचिव जितबहादुर मानन्धरको निधन भएको छ । मधुमेह तथा मिर्गाैला रोगबाट पीडित ८६ वर्षीय मानन्धरको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
पछिल्लो केही दिनयता अस्वस्थ रहनुभएका मानन्धरलाई उपचारका लागि ललितपुरको स्टार अस्पताल भर्ना गराइएको थियो । तत्कालीन राजपरिषद्को सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका मानन्धरले चार दशक प्रशासनिक सेवामा रहेर काम गर्नुभएको थियो ।
प्रशासन क्षेत्रमा पुर्याएको योगदानवापत् उहाँलाई विभिन्न सम्मान र पदकबाटसमेत विभूषित गरिएको थियो । उहाँको मंगलबारै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।
FACEBOOK COMMENTS