काठमाडौं, मंसिर २४ – नेपाली बजारमा वानप्लसका नयाँ फोनहरु आउने भएका छन् । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोसहित वानप्लसका प्रिमियम स्मार्टफोनहरु नोर्ड फाइभ जी र वानप्लस नोर्ड एनटेन फाइभ जी नेपाली बजारमा ल्याउन लागेको क्रेटोस टेक्नोलोजीले जनाकारी दिएको छ ।
वानप्लसको आधिकारिक विक्रेता क्रेटोसले नेपाली बजारमा मंसिर २९ गते अर्थात आउँदो सोमबारदेखि तीन मोडलका नयाँ फोनहरु उपलब्ध हुने जनाएको छ । नयाँ फोनहरुमा फाइभ जी प्रविधिसँगै डिस्प्ले थप उत्कृष्ट रहेको क्रेटोसले जनाएको छ । नयाँ फोनहरुको प्रि बुकिङ्ग मंसिर २४ गतेदेखि सुरु भएको छ ।
वानप्लस नोर्ड एनटेन फाइभ जी को मूल्य नेपाली बजारमा ३९ हजार ४९९ रुपैयाँ पर्ने क्रेटोसले जनाएको छ। यसमा ६ जिबी र्याम र १२८ जिबी को स्टोरेज रहेको छ । यस्तै नोर्ड फाइभ जी को मूल्य ६३ हजार ९९९ रुपैयाँ पर्छ, जसमा १२ जिबी र्याम र २५६ जिबीको स्टोरेज क्षमता रहेको क्रेटोसले उल्लेख गरेको छ ।
फ्ल्यागसिप मोडल वानप्लस एट प्रोको मूल्य एक लाख २५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोनमा १२ जिबी र्याम र २५६ जिबीको स्टोरेज क्षमता रहेको छ ।
FACEBOOK COMMENTS