काठमाडौं,माघ २८- निर्देशक भोमन कटुवालले निर्देशन गर्ने नयाँ नेपाली फिल्म ‘ए’ को लागि नयाँ कलाकारको खोजी गरिने भएको छ ।
उक्त फिल्मका लागि चलचित्र चौतारीले अडिसनको जिम्मा लिएको छ ।
त्यसका लागि यहि फागुन २ गते आइतबार बालाजु, वनस्थलीस्थित चलचित्र विकास कम्पनीमा अडिसन कार्यक्रम राखिएको छ ।
फिल्मको निर्माण संस्थाको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइए अनुसार उक्त फिल्ममा आफ्नो अभिनय देखाउन चाहनेले आवेदन दिन सक्ने छन् ।
अडिसनमार्फत फिल्मका चार जना चरित्र अभिनेता तथा दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको छनोट गरिने छ ।
भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको यो फिल्ममा प्रल्हाद काफ्लेको लगानी रहने छ ।
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको यो फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सिएम भारद्वाज र बिकेश प्रजापतिले अभिनय गर्ने पक्का भैसकेको छ ।
काठमाडौं तथा बनेपामा छायांकन गरिने यो फिल्मको बारेमा थप जानकारी अडिसनबाट कलाकारहरुको छनोटपछि गराइने निर्देशक कटवालले बताएका छन् ।
FACEBOOK COMMENTS