काठमाडौं,३० माघ- टेनिस टिम नेपालको आयोजनामा जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ललितपुरको धापाखेलस्थित टेनिस टिम नेपालकै टेनिस कोर्टमा सञ्चालन हुने जानकारी दिइयो ।
फागुन ७ सम्म सञ्चालन हुने प्रतियोगितामा यू-८,यू-९,यू-१०, यू-१२, यू-१४ र यू-१६ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । यू-९ को उमेर समूहमा ब्वाइज, गर्ल्स, सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । बाँकी उमेर समूहमा ब्वाइज र गर्ल्सको सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै यू-८ देखि यू-१६ मा सहभागीहरुको खुल्ला डबल्स प्रतिस्पर्धा समेत हुनेछ । प्रतियोगितामा १ सय २९ जना खेलाडीले सहभागिता जनाउने र नाम दर्ता भइसकेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि १ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS