काठमाडौं, चैत ११ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव कुमार नेपाल समूह सहमत भएको छ । नेकपा एमालेको नेपाल समूहका नेता राजेन्द्र राईले मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
उनले अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसदलाई संसदीय दलको आज बसेको बैठकमा सहभागी भएको बताए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’ बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव ७ दिनभित्र फिर्ता लिन निर्देशन दिएको थियो ।
FACEBOOK COMMENTS