काठमाडौं, चैत १४ –नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र निरंकुश भएका कारण उनलाई बिदाइ गर्न कांग्रेसको पनि साथ रहने बताए।शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता ठाकुरले कांग्रेसले ओलीलाई विश्वासको मत नदिने बताए। उनले कांग्रेसलाई ओलीप्रति सुरुदेखि विश्वास नरहेको बताए।
‘म मेरो पार्टीको गर्धनसम्म मात्र हो। टाउको गर्धन अनुसार चलोस् भन्ने प्रयास भइरहेको छ’, उनले भने, ‘राजनीतिक निर्णय गर्न हामी तयार छौं। प्रमसँग ओली पदमा पुगेदेखि नै हाम्रो विश्वास छैन, कांग्रेसले विश्वासको मत दिँदैन।’