काठमाडौं, चैत १६ – होली खेल्ने क्रममा पानी भनेर एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । दुध डेरीमा राखिएको एसिड छ्याप्दा एक किशोरी र दुई बालक घाइते भएका हुन् काठमाडौंको शंखरापुर नगरपालिका– १ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ ।प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा राखिएको थियो ।
होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS