काठमाण्डौ, १८ चैत – काठमाण्डौमा बुधबार एक कार्यक्रमको आयोजना गरि ३५ भन्दा बढि मोडलहरुको अडिसन लिइएको थियो । अडिसन कार्यक्रममा अन्र्तराष्ट्रिय मोडल, अभिनेता तथा कोरियोग्राफर दिक्पाल कार्की, फ्लाइ टेक कम्पनिका निर्देशक नाजिर हुसेन, मितवाना कम्पनिका निर्देशक निश्चल श्रेष्ठ, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले जजको भुमिका निभाएका थिए । अडिसनबाट २५ जना मोडल छानिदैछ ।
छानिएका मोडलहरुले विभिन्न थिम र पहिरनमा क्याटवाक गर्नेछन् । शोज टपरको रुपमा भने चर्चित नायक नायीकालाई राखिने आयोजक सुष्मा महरा शाहले जानकारी दिईन् । नेपालको नम्बर वान ब्युटि सलोन फेसिल हाउसले केही वर्ष देखि आयोजना गर्दै आएको ‘फेशन ट्रेड’ गत वर्ष कोरोनाको कारण रोकिएको थियो । यसपटक यो कार्यक्रम कर्पोरेट खबरको सहकार्यमा हुँदैछ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख ४ गते होटल याक एण्ड यतिमा कर्पोरेट बिजनेस अवार्डसंगै ‘फेशन ट्रेड सिजन ३’ सम्पन्न गरिनेछ ।