काठमाडौँ, १९ चैत –पछिल्लो २४ घन्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ४२ सय १३ नमूनाको पीसीआर परीक्षणमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सहित संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार थप ६५ जना कोरोनामुक्त भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।
६३ जना क्वारेन्टाइन र १५ सय ७९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS