काठमाडौं, चैत २२ –नागरिक लगानी कोषले गत वर्षको लाभांश घोषणा गरेको छ । कोषले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
चैत २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ८.८९४७ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृत तथा साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।उक्त प्रस्तावित लाभांश हालसम्मकै न्युन हो । यसअघि संस्थाले न्युनतम २३ र अधिकतम ४१ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ ।
FACEBOOK COMMENTS