काठमाडौं, बैशाख १ – आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय सञ्चालक आफैंले पठनपाठन स्थगन गर्न थालेका हुन् ।
बिरामी भएका बच्चा मात्रै पीसीआर परीक्षणका लागि जाने गरे पनि संक्रमितको संख्या धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इढीसीसी) का निर्देशक डा. कृष्णप्रसाद पौडलले बताए ।
मंगलबार ५ सय १७ जना (एन्टिजेन परीक्षणसहित) लाई कोरोना पोजेटिभ देखिएकोमा ४८ जना १८ वर्षभन्दा मुनिका छन् । -कान्तिपुर दैनिक
FACEBOOK COMMENTS