काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएन) ले आफूहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ।
बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनीहरुले यस्तो बताएका हुन ।
एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गरे।
संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समिति र गैरआवासीय नेपाली संघ वीच गैरआवासीय नेपाली नागकिरताका सम्बन्धमा औपचारिक छलफल भएको हो ।
समिति र संघ वीच भएको छलफलमा सांसदहरुले गैरआवासीय नेपालीलाई संबिधानमा उल्लेख भए अनुसार कै अधिकार प्रयोग हुने गरी सहज ढंगले नागकिरता प्रदान गर्ने ब्यवस्था ऐनमा गर्न सहमत जनाएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS