काठमाडौं, वैशाख ८ – पेट्रोलियम पदार्थको मूल्य बढेको मौका छोपेर वायु सेवा कम्पनीहरुले आन्तरिक हवाई भाडा बढाएका छन् ।
नेपाल आयल निगमले वैशाख ४ गते पेट्रोल डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको थियो । यस्तै, निगमले उक्त मितीमा हवाई इन्धनको मूल्य २ रुपैयाँले बढाएको थियो ।
कोभिड–१९ सुरु भएयता आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ११ पैयाँले बढेर हाल प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । सोहीकारण, आन्तरिक उडानको भाडा बढाएको वायुसेवा सञ्चालक संघले बताएको छ ।
संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमै भाडा बढाएको दाबी गर्दै आएको छ । संघले आन्तरिक उडानको भाडा न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म बढाएको छ ।
FACEBOOK COMMENTS