काठमाडौं, वैशाख ९ – हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जसम्बन्धी सम्झौता हुने पक्का भएको छ । २० प्रतिशत लगानी स्वामित्व रहेको पाकिस्तानको हबिबले हिमालयन बैंकको सेयर बेच्ने भएपछि दुई बैंकबीच मर्ज सम्झौता पक्का भएको हो । आज बिहीबार बसेको मर्जर कमिटीको बैठकले सम्भवतः आउने साता सो सम्झौता गर्ने बताइएको छ ।
स्रोतका अनुसार स्वाप रेसियो नै १ः१ नै रहने छ । मर्जपछिको हिमालयन–इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुने छ । दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुने छ । जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो ।
FACEBOOK COMMENTS