काठमाडौं, वैशाख १५ – ‘’ टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१०को पहिलो बिजेता बन्न सफल भएका छन् । विजेताले टीभीएस आरटीआर अपाचे १६० २भी खरिद गरेका थिए ।
टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् ।
यो योजनाअन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्वारा बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत टीभीएसएसको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा १० हजारसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत ब्याजदरको व्यवस्था भएको अफर रहेको छ ।
साथै योजनालाई वा बाट वाह बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जनालाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० प्रदान गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS