काठमडौं, वैशाख १६ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन सुरु गरेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको जारी गरेका हुन् ।
निषेधाज्ञामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा औषधी पसल र खाद्यान्न पसलबाहेक अन्य कुनै पनि कारोबार सञ्चालन गर्न पाइने छैन । जसकारण, आज विहानैदेखि उपत्यका सुनसान बनेको छ ।
आजदेखि निषेधाज्ञा हुने तय भएपछि उपत्यकामा बसोबास गर्दै आएको सर्वसाधारणले मंगलबार र बुधबार नै उपत्यका छाडेका थिए । यसैगरी, आज विहानैदेखि सार्वजनिक सवारी साधन पनि चलेका छैनन् ।
FACEBOOK COMMENTS