काठमाडौं, वैशाख १७ –लोकप्रिय टिभी पत्रकार तथा कार्यक्रम प्रस्तोता रोहित सारदानको निधन भएको छ । ४२ वर्षका रोहित सारदानले ६ दिन अघि अर्थात् २४ अप्रिलमा सिटी स्क्यानमा आफू कोरोनाद्वारा संक्रमित भएको पाइएको जानकारी ट्वीटरमार्फत् दिए ।
त्यतिबेला उनले आफ्नो स्थिति राम्रो भइरहेको बताएका थिए ।सर्दानाले जी न्युजमा पनि काम गरेका थिए। उनी उक्त च्यानल छाडेर सन् २०१७ मा आज तकमा आबद्ध भएका थिए। उनले ‘दंगल’, ‘दस तक’ लगायत कार्यक्रमहरु चलाउँदै आएका थिए।
सर्दानालाई कोरोना संक्रमण रहेपनि मृत्यु भने हृदयघातका कारण भएको भारतीय च्यानल माध्यमहरुले उल्लेख गरेका छन्।
FACEBOOK COMMENTS