काठमाडौं, वैशाख २९ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगलाई २४ घन्टै विद्युत दिन निर्देशन दिएको छ । सीसीएमसीले नेपाल विद्युत प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।
नेपालमा अक्सिजन अभावका कारण कोरोनाका विरामीको मृत्यू संख्या बढेपछि सीसीएमसीले ‘मेडिकल अक्सिजन कार्यविधि २०७८’ नै ल्याएको छ । हाल बजारमा उत्पादन भइरहेको अक्सिजनले माग धान्न सकिरहेको छैन ।
त्यसैले विद्युत अभावका कारण उत्पादन नरोकियोस भनेर अक्सिजन उत्पादन गर्ने उद्योगलाई दिनरात विद्युत दिन प्राधिकरणलाई निर्देशन मिलेको हो । जसअनुसार विद्युत सर्ट भएर बिग्रिएको अवस्थामा पनि बनाउने गरी टीम तयारी अवस्थामा राख्नुपर्छ ।
नेपालमा सबैगरी कुल २७÷२८ वटा अक्सिजन उद्योग छन् । यीमध्ये केही बिग्रिए पनि त्यसलाई बनाएर फेरी सञ्चालनमा ल्याइसकिएको छ । तर, पनि आवश्यक्ताअनुसार अक्सिजनको आपूीर्त हुन सकेको छैन ।
FACEBOOK COMMENTS