काठमाडौं, वैशाख २९ । भारतको गंगा नदीमा ७१ वटा बेवारिसे शव भेटिएका छन् । भारतका विभिन्न स्थानबाट बगेर आएका बेबारिसे शव भेटिएका हुन् ।
उत्तरप्रदेश र विहानमा भेटिएका ती शवहरु कहाँबाट आयो भन्ने एकिन छैन् । गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै हो । तर, कोरोना महामारीका बेलामा यसरी शव बगेर आउनु चिन्ताजनक विषय हो ।
यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षत विक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।
पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डीएनएको नमूना सुरक्षित राखिएको छ ।
ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् ।
कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।
बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।
FACEBOOK COMMENTS