काठमाडौं, वैशाख ३० । कोरोना महामारीको समयमा चीन र रसिया विकासोन्मुख र विकासशिल मुलुकसँगै नजिकिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार महामारीको समयमा विकासशिल र विकासोन्मुख राष्ट्रसँग चीन र रसिया नजिकिएका हुन् ।
यी दुई मुलुकले कोरोनाविरुद्धको खोप विकासोन्मुख राष्ट्र र विकाशसिल राष्ट्रलाई समानताका आधारमा वितरण गर्दै आएका छन् । तर, यही समयमा अमेरिका भने विकासशिल र विकासोन्मूख राष्ट्रसँग टाढिएको छ ।
यतिबेला अमेरिका आफ्नै नागरिकलाई खोप लगाउन व्यवस्त देखिन्छ । र, उसलाई अन्य मुलुकको कुनै प्रवाह छैन । अमेरिकाले अन्य मुलुकलाई वेवास्ता गरिरहेको समयमा चीन र रसियाले ती मुलुकहरुलाई प्रसस्तमात्रामा खोप उपलब्ध गराइरहेको छन् ।
र, उनीहरु खोप उत्पादन गर्न आपसमा मिलेका पनि छन् । रसियाले बनाएको ‘स्पुतानिक भी’ नामक खोप चीनमा २६ लाख डोज उत्पादन भइरहेको छ ।
FACEBOOK COMMENTS