काठमाडौं, जेठ १ । कोरोनाको दोस्रो लहरबाट जयनगर–जनकपुर रेल प्रभावित बनेको छ । गत वर्ष २०७७ सालको मङ्सिरमा नेपाल भित्रिएको रेल अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञाका कारण रेल सञ्चालनमा समस्या आएको बताए ।
यसैगर, यतिबेला सरकारले नेपाल–भारत सिमा पनि सिल गरेको छ । भारतमा बढ्दो कोरोनाका संक्रमितका कारण सरकारले नाका नै सिल गरेको छ ।
सोही रेल सञ्चालनका लागि आवश्यक पर्ने अध्यादेश अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छिन् । रेल चलाउन चाहिने चालक र सहचालकको योग्यतासहित अन्य कानूनी प्रावधान व्यवस्था गर्दै अध्यादेश जारी भएको हो ।
हाल उक्त रेलमार्गका लागि ल्याइएको दुई रेललाई त्रिपालले छोपेर राखिएको छ । वैशाख भित्र चलाउने भनिएपछि निषेधाज्ञाले चल्ने समय अनिश्चित बनाइदिएको रेल्वे कम्पनीले बताएको छ ।
भारतसँग ८५ करोड रुपैयाँमा खरिद गरिएको दुई रेल यतिबेला शसस्त्र प्रहरी बलको सुरक्षामा राखिएको छ ।
FACEBOOK COMMENTS