काठमाडौं, जेठ १० – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लगाउन सकिने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने आँकलन गर्दै उनले संक्रमण रोकथामका लागि स्वास्थ्य सङ्कटकाल लगाउन सकिने सङ्केत गरेका हुन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य सङ्कटकालकाबारे विषयमा छलफल भइरहेको बताएका छन् । यद्यपि, उनले जनस्वास्थ्यविद्हरुको सुझावका आधारमा मात्रै स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
देशमा राजनीतिक हलचल भए पनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।
FACEBOOK COMMENTS