काठमाडौं, जेठ ३१ – आइतबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रेक गर्दे सर्वाधिक उच्च बिन्दुमा पुगेको नेपाल स्टक एकस्चेन्ज (नेप्सले) जनाएको छ ।
२०७८ जेठ ३० गते आइतबार १ लाख ८२ हजार ४ सय ३० कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरका ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन २९८३.११ विन्दु कायम भएको छ । कारोबार रकम, कारोबार संख्याका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको यो नयाँ कीर्तिमान हो ।
बजार २०७५ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आयको भन्दै हाल ७ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको जनाइएको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ, “दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्नुपर्छ । यसैगरी आफुले खरिद वा बिक्री गर्न चाहेको कम्पनीको सेयर विगतमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने व्यहोरा नेप्से स्मरण गराउन चाहन्छ ।”
FACEBOOK COMMENTS