काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार उच्च अंकको बृद्धि आएको छ । केहि दिनदेखि निरन्तर गिरावट आएको शेयर बजारमा आज भने हरियाली छाएको हो ।
आज नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, आज १० अर्ब २८ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।
FACEBOOK COMMENTS