काठमाडौं, कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार रस्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मीर स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क रस्यानिटाइजर वितरण गरेको छ ।
निम्बसको प्रबन्ध निर्देशक आनन्दबगरिया भन्नुहुन्छ,“आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुनेसबैजना प्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं ।हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”उच्च गुणस्तरको pro-Tect प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोलयुक्त स्यानिटाइजर उत्पादन गर्ने pro- Tect निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, FNCCI पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।
नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिरनिकाल्न प्रयासरत हुनुहुन्छ । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ । यी अग्रपंक्तिमा रहेरसेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोगगरिरहेको छ । यस सेवाभाव देखाउनुभएकोमा निम्बस परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं,“नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भन्नुहुन्छ ।
कोभिड–१९ को संकटको समयमा निम्बस यस कल्याणकारी कामलाई जारी राख्नेछ ।संगठन र स्वयंसेवकहरुले Pro – Tect मास्क र स्यानिटाइजरको आवश्यकता परेमा WWW.nimbusbazar.com मा गएर Donate थिचि अथवा ९७७–९८२८०९१६९१ डायल गरी सम्पर्क गर्न सकिनेछ ।
FACEBOOK COMMENTS