काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ६९ जना कोराना भाइरस संक्रमित थपिएका छन्।यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ८२ हजार ८७७८ पुगेको छ।
यस्तै, ६८ हजार ८८५ जनाको संक्रमण मुक्त भएका छन्।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म भारतभर सक्रिय कोराना संक्रमितको संख्या ६ लाख २७ हजार ५७ पुगेको छ।
संक्रमणका कारण थप १ हजार ३२१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख ९१ हजार ९८१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS