काठमाण्डौं— नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको छ ।
नेपाल र जापानी प्रतिनिधिबिच काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा यस्तो सहमति भएको हो ।
यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष तयार भएका छन् ।
बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम् मान्यता एवं मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS