काठमाण्डौं– एनआईसी एशिया बैंक लिमिटेडले ‘एनआई सी एशिया डिबेन्चर २०८५/८६’ विक्रिको लागि सार्वजानिक आव्हृावन गरेको छ ।
१० प्रतिशत वाषिर्क ब्याजदर रहेको रु. १,००० प्रतिकित्ताको दरले ४० लाखकित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवाषिर्क रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने छ ।
जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत निष्कासन गरिनेछ ।
बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको माघ १३ देखि सर्वसाधारणको लागि विक्रिखुला भई छिटोमा माघ १६ तथा ढिलोमा फागुन १३ सम्म विक्री खुल्ला रहने छ ।
FACEBOOK COMMENTS