काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रित भएको छ ।
बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने तर स्थानीय तहकोअधिवे शन कार्यतालिकामा हेरफेर गर्नुपर्ने सुझाव आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाकोअध्यक्षतामा बसेको बैठकले विगतको परम्परा तोड्दै पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर गर्ने र आसन्न महाधिवे शन व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा गम्भीर छलफल भएको उनले बताए ।
निर्धारित मितिमा नै स्थानीय वडा, पालिका, जिल्ला र प्रदेश हुँदै केन्द्र तहसम्मको महाधिवेशन भव्य र व्यवस्थित रूपले सम्पन्न गर्न स्वयंसेवक तथा कार्यकर्ता परिचालनमा छलफल भएको छ । क्रियाशील सदस्यता वितरणमा उठेको विवादका सम्बन्धमा समेत पदाधिकारी बैठकले आवश्यक निर्णय लिने गरी छलफल भएको जनाइएको छ । क्रियाशील सदस्यता वितरणमा उठेको विवाद समाधानका लागि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गम्भीर समीक्षा गरेको छ ।
काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी भदौ १६–१९ गते का लागि तय गरिएको छ । त्यसअघि साउन १२ गते बाट स्थानीय तहको अधिवेशन कार्यतालिका भएपनि त्यसलाई केही दिन पर लगेर सम्पन्न गर्ने दिशामा छलफल अगाडि बढेको प्रवक्ता शर्माको भनाइ रहेकाे आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS