काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
प्रशासनले उक्त अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी लगायत मानिसहरुको भिडभाड हुने क्षेत्र र कार्यक्रमहरु संचालनमा रोक लगाएको छ । शैक्षिक संस्थाहरु, धार्मिक तथा सांस्कृतिक गतिविधिकहरु पनि निषेध गरिएको छ ।
साथै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचाल गर्न नपाउने प्रशासनले जनाएको छ ।
अन्य के गर्न पाउने, के नपाउने ?
FACEBOOK COMMENTS