काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई हजार भन्दा बढी अक्सिजन कन्सनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।डब्लुएचओले मंगलबार १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु मन्त्रालयलाई हस्तानतरण गरेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा आयोजित एक कार्यक्रममा दुईलाख २५ हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र ५ लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु डब्लुएचओ नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तानतरण गरेका हुन् ।
मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार उक्त स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS