काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परसार्दै नयाँ मिति तय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्ने निर्णय बैठकले गरेको जानकारी दिए । यसअघि भदौ १६ दे खि १९ गते सम्म १४औँ महाधिवे शनगर्ने निर्णय गरिएको थियो । पारित नयाँ कार्यतालिका अनुसारपार्टीको गाउँपालिका तथा नगरपालिकाको वडा तहको अधिवेशन भने आगामी भदौ १८ गतेबाट सुरु हुने जानकारी केन्द्रीय सदस्य बहादुर सिंह लामाले दिए ।
भदौ२३ गते काँग्रेसको हालको कार्यसमितिको कार्यकाल पूरा हुने भएकाले महाधिवेशन सुरु भएको मिति भदौ १८ गते तोकिएको हो । वडा अधिवेशन प्रारम्भ भएपछि पार्टीको महाधिवेशनको प्रक्रिया सुरु भएको मानिने जानकारी नेताहरूले दिए । पार्टीले वैधानिकतामा टेक्न भदौ भित्र महाधिवेशनको कार्यतालिका तय गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS