काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिइएको छ । नेप्सेका सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि फुुयाललाई निमित्त सिइओको जिम्मेवारी दिइएको हो ।
सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुुुुुछिएका सिइओ साउदले भदौ ८ गते राजीनामा दिएका छन् । उनको राजीनामा सँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ ।
नेप्सेमा हुने नियमितलाई निरन्तरता दिनको लागि फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको नेप्सेले बताएको छ ।
FACEBOOK COMMENTS