काठमाडौं, २२ भदौ । प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचीकृत भएको छ । बैंकको प्रति थान १००० रुपैयाँको दरले हुन आउने अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गर्ने सम्झौता सम्पन्न भयो ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेका नारायणदास माननधरले हस्ताक्षर गरेका छन ।
FACEBOOK COMMENTS