काठमाडौँ– अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेकी छन् ।
प्रधानमन्त्री देउवासँग उनले एमसिसीबारे नेपालको धारणा तथा अमेरिका र नेपालबीचको सम्बन्धका विविध पक्षबारे कुराकानी गरेकी देउवाले ट्विटमार्फत जानकारी गराएका छन्।
भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।
प्रधानमन्त्री देउवाले नेपाल-अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ-आफ्नो विचार राखेको जनाइएको छ ।
FACEBOOK COMMENTS