काठमाडौं, १७ असोज – आज साताको पहिलो कारोबारका दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५५.९३ अंकले घट्दा २५७७.४९ विन्दुमा आइपुगेको छ।
दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर खरिद बिक्रि हुँदा चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । तर १७ वटाबाहेक सबै कम्पनीको शेयर भने राताम्य भएको देख्न सकिन्थ्यो ।
दिनभरमा होटल एन्ड टुरिजम्, जलविद्युत् र इन्भेष्टमेन्ट समूहको परिसूचकमा ३ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको र बैंकिङ समूहको परिसूचक १.५७ प्रतिशतले घटेको थियो ।
सेयर बजारमा ठूलो गिरावट आउँदा पनि मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अरु लगानीकर्ताले कमाउन सकेनन्।
नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपि पावर कम्पनीको १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख, शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख, हिमालयन डिस्टीलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको थियो ।
शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा माउन्टेन हाइड्रो नेपाल, छ्याङिद हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, हाइड्रो इलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्यालि हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी पनि रहेका छन ।
FACEBOOK COMMENTS