काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मुनाफबाट २६.३१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । असोज १७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्वाव गरेको छ । उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने बताइएको छ ।
FACEBOOK COMMENTS