काठमाडौं । नेपालका निकै प्रसिद्ध र खेलका क्रममा शान्त मानिने फिफा रेफ्री लव खत्रीको निधन नभएको छ। सोमबार बिहान ‘मर्निङ वाक’बाट फर्किएपछि घरमा उनको निधन भएको हो। उनी बाथरुममा लडेर निधन भएको हो ।
उनले गत वर्ष मात्र रेफ्रीको सबै जिम्मेवारीबाट संन्यास लिएका थिए। नेपाली घरेलु खेलकुदमा र अन्तर्राष्ट्रिय खेलकुदमा उनी निकै लोकप्रिय रेफ्री मानिन्छन्।
रेफ्री बन्नुअघि खत्रीले खेलाडीका रुपमा एक दशक घरेलु फुटबलमा बिताएका थिए। उनले त्यसपछि सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरे। खेलाडी जिवनपछि उनले करिब १५ वर्ष रेफ्रीको भूमिकामा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा देखिएका थिए।
उनको ५० वर्षको उमेरमा निधन भएको हो। उनका श्रीमती र एक छोरा छन्। रेफ्रीबाट संन्यास लिएपछि उनले अखिल नेपाल फुटबल संघको रेफ्री डाइरेक्टरको जिम्मेवारी सम्हालिरहेका थिए।
FACEBOOK COMMENTS