काठमाडौं । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्येको एक प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिक उत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो । त्यसयता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ ।
रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमा झैँ आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो ।
प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको छ । प्रिज्माले सधैं आफुलाई विकसित उद्योगसंग समायोजित गर्दै अगाडि बढिरहेको छ ।
FACEBOOK COMMENTS