काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवविरुद्ध बालकुमारीमा प्रदर्शन गरेका छन् । उनीहरूले बिच सडकमै नाराबाजी गर्दै अध्यक्ष यादवको पुतलासमेत जलाएका छन् ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाएर सडक आन्दोलन गरेका हुन् ।
आन्दोलकारीले अध्यक्ष यादवमाथि पार्टीमा राम्रो काम गरेका प्रदीप यादवलाई मन्त्री बनाउने भन्दै सूची तयार पारेपनि बुझाउन जाँदा पैसा खाएर नाम फेरेको आरोप लगाएका छन् ।
राम्रो काम गर्नेलाई प्रोत्साहन दिनुको साटो अपहेलित गर्ने काम भएको भन्दै आन्दोलन गरेका छन् । पार्टीमा अन्याय भएका कारण आन्दोलन गर्नुपरेको कार्यकर्ता बताउँछन् ।
FACEBOOK COMMENTS