काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते १७ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०।५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव सभाले लैजाने भएको छ ।बैंकले सभामा अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्रप्तिमा जानको लागि आवश्यक तयारीको लागि सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्नेछन् । सभाको लागि बैंकले कात्तिक ५ देखि १६ गतेसम्म सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।
कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीहरुले साधारणसभा माग लिन सक्नेछन् । साथै उक्त अवधिसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS