नेपालीहरुको महान चाड दशैं शुरु भइसकेको छ । दशैं शुरु भएपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरबाट गाउँ जाने मानिसहरु बढेका छन् ।
चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा कोरोनाभाइरसको जोखिम हुने भएकाले विभिन्न स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले पनि लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन अनुरोध गरेको छ ।
सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न मन्त्रालयले आग्रह गरेको हो ।
यस्ता छन् स्वास्थ्य मापदण्ड
– सही तरिकाले मास्क प्रयोग गर्ने ।
– गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।
– यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।
– सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानीको व्यवस्था गर्ने ।
– आवश्यक खानेकुरा आफैं बोक्ने ।
– होटलमा खाना खान परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने ।
– अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुने ।
FACEBOOK COMMENTS