कार्तिक ३ काठमाडौं । सामलिङ पावर कम्पनीले बिहीबार (कात्तिक ४ गते) बाट आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसमध्ये २५ अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५५ अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।
बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS