कात्तिक ४ काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तीन साता देखि नेतृत्वविहीन बनेको छ ।
तत्कालिन विभागको महानिर्देशक प्रकाश पौडेल र विभागको अनुगमन शाखा प्रमुख निर्देशक शिवराज सेढाईंको असोज १३ गते सरुवा भए संगै महानिर्देशक र बजार अनुगमन शाखा निर्देशकविहीन छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्रीले समय नदिएका कारण विभाग नेतृत्वविहीन बनेको मन्त्रालय स्रोतले बतायो । विभागको नेतृत्वमा मन्त्रिस्तरबाट निर्णय हुनुपर्छ, प्रधानमन्त्रीले भेटका लागि समय नदिएका कारण निर्णय हुन नसकेको मन्त्रालय स्रोतको भनाई रहेको वताइएको छ ।
FACEBOOK COMMENTS