दिल्लीको प्रगति मैदानमा मार्च ४ देखि ८, २०२५ मा आयोजित भारतको सबैभन्दा ठूलो ट्रेड फेयर “आहार” मा पहिलोपटक सहभागी नेपालको काबरा ग्रुपले उल्लेखनीय सफलता हासिल गरेको छ।
क्वालिटी फूड एण्ड स्न्याक्स, क्वालिटी फूड्स नेपाल र क्वालिटी नूडल्स इन्डष्ट्रिजका बिस्कुट, स्न्याक्स र नूडल्स प्रदर्शन गरिएको उक्त फेयरमा आकर्षक स्टलले सबैको ध्यान खिच्यो। ‘क्वालिटी’ ब्राण्डका उत्पादनहरूले केटाकेटीदेखि वृद्धवृद्धासम्मको मन जिते भने सर्वसाधारण र व्यवसायीहरूले उत्साहजनक प्रतिक्रिया दिए। भारतीय व्यवसायीहरूले क्षेत्रगत र सुपर डिस्ट्रिब्युटरका प्रस्ताव पेश गरे भने तेस्रो मुलुकका व्यवसायीहरूले पनि वितरणको प्रस्ताव राखे।
काबरा ग्रुपले आगामी वर्षमा २०० करोडभन्दा माथिको निर्यात गर्ने लक्ष्य राखेको छ। समूहका उद्योगहरू सिद्धार्थ काबरा र मिलिन्द काबराले सम्हालिरहेका छन्। छोटो समयमै उनीहरूले व्यवसाय वृद्धि गर्दै “क्वालिटी” ब्राण्डलाई भारतीय बजारमा स्थापित गर्न सफल भएका छन्। साथै, सार्क मुलुक र तेस्रो मुलुकमा पनि निर्यात जारी राखेका छन्। विषयगत अध्ययन र बजारको नजिकबाट अवलोकन गरेका यी युवा नेतृत्वको जोश र क्षमताले काबरा ग्रुपलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS