काठमाडौं । हङकङले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई १०९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको हो ।
हङकङका लागि यसमिन दासवानीले ४२ रन बनाएकी थिइन् भने मारिको हिलले २९ र मारिना लाम्पलोफले १८ रन बनाएकी थिइन् ।
त्यस्तै नेपाली बलर रिया शर्मा र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।