काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा पर्ने बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा रितिक आपागाई घाइते भएको छन् ।
इलामबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको छ । दुर्घटना राति २ बजेको आसपासमा भएको बताइएको छ ।
घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।