काठमाडौं । कर्णाली नदीमा फोर्स गाडी खस्दा भिरमै खसेका व्यक्तिको पहिचान खुलेको छ । उनी पचाल झरना गाउँपालिका– ९ कालीकोटका जेखे तिरुवा रहेको दैलेख प्रहरीले जनाएको छ ।
उनका बुबाले सनाखत गरेको प्रहरीले बताएको छ । बिहीबार चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित साङ्गेतरामा सुर्खेतदेखि कालीकोट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको थियो ।
नदीमा खसेको उक्त गाडी नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर टोली घटनास्थलमा खटिएर खोजि कार्य गरिरहेको छ ।
महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीले कर्णाली नदीको पानी अत्याधिक धमिलो रहेकाले उद्धारमा समस्या भइरहेको बताए । गाडीमा कति जना सवार थिए भन्ने विवरण हालसम्म पनि खुलेको छैन । प्रहरीका अनुसार दुर्घटनाको कारणसमेत खुलेको छैन ।